आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

रौतहट – केहीसमय अघि भारतका समाजबादी नेता अन्ना हजारेले गरेको भ्रष्टाचर बिरुद्धको आन्दोलनको सिको गर्दै नेपालमा बढदै गएको भ्रष्टाचार, राजनीतिक अपराधीकरण र अराजकता नियन्त्रणको लागि भन्दै सभासद् बबन सिंहले अनिश्चितकालीन आमरण अनसन सुरु गरेका छन् ।

सोमबारदेखि जिल्ला प्रशासन कार्यालय गौर परिसरमा आमरण अनसन सुरु गरेका सिंहले संसदीय क्षेत्र बिकास कोषको रकम दुरुपयोग, वागमती नदीको दुवै तर्फ बाँधमा गरिएको ग्राभेलको काममा अनियमितता, गौर नगरपालिकाको अनियमितता, गौर अस्पतालमा प्रसुति भत्ता बितरणमा अनियमितता लगायतको छानवीन सहित ८ सुत्रीय माग राखेका छन् ।

आफ्ना मागका बारेमा संसदमा धेरै पटक कुरा उठाउँदा पनि सम्बोधन नभएकाले आफू आमरण अनसनमा बस्न बाध्य भएको उनले बताए ।

तपाईको प्रतिक्रिया