आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

काठमाडौ – नेपाल आयल निगमले आजबाट पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । आज बिहान बसेको नेपाल आयल निगम संचालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको भाउमा क्रमशः ३, १ र १ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ र मट्टितेल तथा डिजेलको मूल्य प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । निगमले हवाई र एल्पी ग्यासको मुल्य भने बढाएको छैन ।

निगमका अनुसार निगमले हाल मासिक ८३ करोड रुपैयाँ घाटा बोहोर्दै आएको छ । नयाँ मूल्य अनुसार यो घाटा मासिक करिब ७१ करोड रुपैयाँमा झर्ने छ । यसअघि पेट्रोलको भाउ १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेलको भाउ ७५ रुपैयाँ थियो ।

अमेरिकी डलर मजबुत भएकाले अन्तराष्ट्रिय बजारमा मुल्य घटे पनि नेपालमा पेट्रोलको मुल्य बढन गएको हो । अहिले पनि भारतको रक्सौलमा भन्दा नेपालको वीरगंजमा प्रतिलिटर पेट्रालको मुल्य ८ रुपैयाँ सस्तो छ ।

तपाईको प्रतिक्रिया