आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

दाङ – एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्यले पार्टीको आगामी भेला बहिष्कार गर्ने बताएका छन् । उनले पार्टीका जिम्मेवार व्यक्तिसँग छलफल नै नगरी वर्तमान सरकारले शिविरमा रहेका माओवादीका हतियारको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउनु गलत भएको बताए।

नेपाल पत्रकार महासङ्घ दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष वैद्यले भट्टराई सरकारले उक्त निर्णय फिर्ता नलिएसम्म आफ्नो पक्षका नेता तथा कार्यकर्ताले आगामी भेलामा सहभागी नहुने स्पष्ट पारे । उनले जनमुक्ति सेनाले बगाएको रगत पसिनालाई अपमान गर्नु गलत भएको बताए ।

अहिले पार्टीमा देखिएको विवाद क्रान्तिकारी पार्टीको नाताले सामान्य भएको हुँदा आफूहरुले पार्टीभित्रको विवादलाई जनतासामु ल्याउन खोजेको र केही कुरा बाहिरसमेत आएको उनको भनाई थियो । – रासस

तपाईको प्रतिक्रिया