आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

गौशाला – महोत्तरीको नकौली ब्यारेकस्थित शेर गणमा कार्यरत् एक सैनिक जवानकी श्रीमतीको गएराति रहस्यमय ढङ्गले मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत जिल्ला घर भई महोत्तरीको सदरमुकाम जलेश्वरमा डेरा गरी बसेका सैनिक जवान दलबहादुर दराई मगरकी २२ वर्षीय श्रीमती तुलसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक तुलसीको शव आज बिहान जलेश्वर-५ स्थित डेरामै झुण्डिरहेको अवस्थामा फेला परेको हो ।

नकौली ब्यारेकमा कार्यरत पतिसँग केही दिनदेखि पत्नी तुलसीको सम्बन्ध राम्रो नरहेको जनाइएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।- रासस

तपाईको प्रतिक्रिया