Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौ । पार्टी भित्रको विवादका विषयमा छलफल गर्न बोलाइएको एकीकृत नेकपा माओवादी स्थायी समिति बैठक वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पक्षले बहिष्कार गरेको छ । वैद्य पक्षले बहिस्कार गरेपनि पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा माओवादीको स्थायी समिति बैठक बसिरहेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवाद मिलाउने गरी कार्ययोजना पेश गर्ने तयारी गर्नुभएको छ । बैठकमा शान्ति प्रकृयालाई अघि बढाउने विषयमा पनि छलफल हुने माओवादीले बताएको छ ।

माओवादी सचिव सीपी गजुरेलले स्थायी समिति बैठकले समस्या समाधान गर्न नसक्ने भएकाले बैठकमा नगएको बताउनुभयो । ‘स्थायी समिति बैठकले समस्या हल गर्दैन’, सचिव गजुरेलले भन्नुभयो, ‘केन्द्रीय समिति बैठकबाटै समस्या हल गर्नुपर्छ भन्ने हाम्रो विचार हो ।’

माओवादी सेनाका लडाकुका हतियार राखिएको कन्टेनरको साँचो विशेष समितिलाई बुझाए लगत्तै माओवादीभित्र विवाद चर्किएको छ । वैद्य समूह पार्टी नेतृत्व र सरकार बिरुद्ध सडक संघर्षमै उत्रिएपछि माओवादी भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

१७ सदस्यीय स्थायी समितिमा वैद्य पक्षका पाँच जना छन् ।

तपाईको प्रतिक्रिया