आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

चितवन – शुक्रबार राती ८३ बर्षको उमेरमा निधन भएकी जननेता मदन भण्डारीकी आमा चन्द्रकलाको अन्त्यष्टि शनिबार चितवनको देबघाटमा गरिएको छ । जेठो छोरा मनोजकुमार, मोहन, प्रेम र कैलाशले सामुहिक रुपमा आमा चन्द्रकलाको पार्थिव शरिरमा दागबत्ती दिएका थिए ।

श्रद्धाञ्जली दिन एमाले उपाध्यक्ष बिद्या भण्डारी, केन्द्रीय सदस्य टुका हमाल, अनेमसंघकी महासचिब टिका पौडेल, राष्ट्रिय परिषद् सदस्य जगन्नाथ थपलिया, बिजय सुबेदी लगायतका नेताहरु देवघाट पुगेका थिए । श्रद्धाञ्जली कार्यक्रमको ब्यबस्थापन एमाले जिल्ला कमिटी चितवनले गरेको थियो भने दिनभर जिल्ला अध्यक्ष कृष्ण खनाल लगायतका कार्यकर्ताहरु अन्त्यष्टि कार्यक्रममा खटिएका थिए ।

चन्द्रकला मस्तिष्कश्रावले ग्रस्त भएपछि एकसाताअघि काठमाडौँस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो । चन्द्रकलाका ५ छोरा र ५ छोरीमध्ये तत्कालिन एमाले महासचिब स्वर्गीय मदन भण्डारी माहिला छोरा हुन् । त्यसैगरी साँइली छोरीको समेत मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया