बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

हिमाल पहाडको काखमा,

हिमनदी बगाउंदै

लाली गुरांस र लालुपाते फक्राउँदै

नयां ॠतुको बासना बोकी

टीका, जमरा लिएर आऊ

दशैं शुभकामना ।

 

लाहुरे र प्रदेशी लाई स्वदेश निम्त्याउँदै,

घर आंगन लिपपोत सकी

मखमली फुलाउँदै

पिङका सर्कामा हल्लीँदै, आकाश छुँदै

निदार भरी आशिर्बाद का टीका प्रसाद दिनलाई

दशैं आऊ , शुभकामना छ ।

 

हिलो मैलो सुकाउँदै,

शरद ॠतु को प्रचन्ड प्रकाशको कीरण बनेर

संबृद्द रामराज्यको पाइला चाल्दै आऊ

एकता को सूर्य चन्द्र लाई दाहीने पार्दै

बायां बृहत छहारीमा

नयां बिज्ञान लिएर आऊ

सुनौलो आकाश छिचोल्ने चङ्गा उडाउँदै आऊ

आऊ दशैं, शुभकामना छ ।

 

परम्परा भन्दा छुट्टै,

सरल बनेर आऊ

नि:सहाय र गरीबको झुप्रोमा दियो बालि

मुस्कान छाउने गरी आऊ

चाहराइरहेको घाऊ सन्चो हुने ओखती बोकेर आऊ

आस्थाको बिधान र नैतिकताको सुत्र बनेर आऊ

अशिक्षाको अन्धकार फ्याँक्न पुस्तक बनेर आऊ

देशको शान्तीको लागी एकताको

मुटु हुने गरी आऊ

संबिधानको पुर्णता दिने

कलम बनेर आऊ

बिशंगती, बिकृती र अत्याचारलाई

निमिट्यान्न पार्न

 

उत्तरको सुन्दर हिमाल दक्षिणमा ठिङ्ग पार्न

साहस र तागत दिएर आऊ

दशैं आऊ, शुभकामना ।

 

पुर्खाहरुको भन्दा छुट्टै,

बली दिने प्रथा उल्ट्याउँदै

अहिंसाको लागि आऊ

प्राणी जगतको लागी आऊ

पुजामा, बिजयको तरबार बिसाउँदै

फुलमाला र अक्षता लिएर आऊ

न्याय, अन्याय छुट्ट्याउने स्वयंभूको आँखामा

तेज थप्ने गरी आऊ

पशुपतिको गजुरमा

सुन चम्काउने सामर्थ्य बोकी आऊ

सगरमाथाको चुचुरोमा

चाँदी चम्काउने गर्ब लिएर आऊ

कालीको गधाचक्र को शक्ती

बजारीएका शान्तीका पाखुरामा पार्ने गरी आऊ

संसारभरी सौहार्द र सम्बृद्दी दिनलाई

दशैं आऊ, छिट्टै आऊ

आऊ दशैं २०६८ आऊ

शुभकामना, शुभकामना ।

तपाईको प्रतिक्रिया