मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

प्रधानमन्त्री बाबुराम भट्टराईले टीकाको साइतमै पशुपतिस्थित समाजकल्याण केन्द्रका बृद्धबृद्धासंग आर्शिवाद लिएका छन् ।

पत्नी हिसिला यमीसंगै विजया दशमीको विहानै समाजकल्याण केन्द्र बृद्धाश्रम पुगेका प्रधानमन्त्री भट्टराईलाई बृद्धबृद्धाले नारायण नारायण भन्दै आर्शिवाद दिएका थिए ।

बृद्धबृद्धाश्रम रहेका २ सय ३० बृद्धाबृद्धाबाट प्रधानन्त्री भट्टराईले आर्शिवाद लिएका थिए । बृद्धाश्रमको भौतिक संरचना कमजोर रहेको भन्दै प्रधानमन्त्री भट्टराईले त्यसको पुनसंरचनाको लागि प्रस्ताव ल्याउन बृद्धाश्रम व्यवस्थापन र समाजकल्याणमन्त्रालयका सहसचिव उपेन्द्रप्रसाद अधिकारीलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री भट्टराई सम्पूर्ण बृद्धबृद्धाको स्वास्थ्य स्थितिकोबारेमा जानकारी लिंदै जाडोकोको लुगा र हरलिकस लगायतका खाद्य सामग्री वितरण गरेका थिए । यसरी दशैंको टीका थाप्न बृद्धाश्रम पुग्ने भट्टराई पहिलो प्रधानमन्त्री हुन ।***

 

तपाईको प्रतिक्रिया