शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं– प्रवेशिका परीक्षाको उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीले अबदेखि आफ्नो उत्तरपुस्तिका हेर्न पाउने भएका छन् ।
राष्ट्रिय सूचना आयोगले उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीका लागि सो उपलब्ध गराउन परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएपछि कार्यालयले यस्तो व्यवस्था गर्न लागेको हो ।
यसका लागि कार्यालयले आवश्यक नीति नियम, प्रक्रिया पूरा गरी कार्यविधिसमेत तयार गरेर शिक्षा मन्त्रालयमा बुझाएको परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले बताउनुभयो । यसको बोधार्थ निर्देशन दिने आयोगलाई समेत बुझाएको बताउँदै उहाँले मन्त्रालयले कार्यविधि पास गरेलगत्तै विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने जानकारी दिनुभयो ।
२०६७ सालको एसएलसी परीक्षामा उत्तरपुस्तिका हेर्न चाहने एक विद्यार्थीले हेर्न नपाएपछि उत्तरपुस्तिका हेर्न पाउने अधिकार प्राप्त गर्न आयोगसमक्ष निवेदन दिएका थिए । कार्यालयले तयार पारेको कार्यविधिमा भने विद्यार्थीले सिधै उत्तरपुस्तिका हेर्न भने पाउने छैनन् ।
उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीले त्यसका लागि परीक्षाफल प्रकाशित भएको १५ दिनभित्र पहिला पुनर्योगको लागि आवेदन दिनुपर्ने र त्यसबाट पनि चित्त नबुझेमात्र अन्तिम विकल्पको रुपमा उत्तरपुस्तिका हेर्नका लागि निवेदन दिने व्यवस्था गरिएको छ ।
तपाईको प्रतिक्रिया