सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं– विपक्षी दल नेकपा एमालेले हत्या आरोपित भूमिसुधार मन्त्री प्रभू शाह र मधेसका २२ जिल्ला टुक्र्याउने चेतावनी दिने रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा माग गरेको छ ।
प्रमुख सत्तारुढ एकीकृत नेकपा माओवादीसँग शुक्रबार सिंहदरवारमा भएको भेटमा दुई मन्त्रीको राजीनामा माग गरिएको एमाले नेता भीम रावलले जानकारी दिए । बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माणबारे भने सहमति नभएको उनले जानकारी दिए ।
रावलले दुई पक्षीय र त्रिपक्षीय बैठक गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन छलफल गर्ने सहमति भएको जनाए । उनले दुईमन्त्रीलाई वर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।
तपाईको प्रतिक्रिया