बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख ९ गते भौमबार नेपाल सम्बत ११४० चौलागा तदनुसार सन् २०२० अप्रिल २१ तारिक कृष्णपक्ष चतुर्दशी तिथि अहोरात्र (जापानमा त्रयोदशी तिथि विहान ६ वजेर ५१ मिनेटसम्म उप्रान्त चतुर्दशी तिथि ),उत्तरभाद्रा नक्षत्र विहान १० वजेर ५२ मिनेटसम्म (जापानमा अपरान्ह २ वजेर ७ मिनेटसम्म), वैधृतियोग,भद्राकरण (जापानमा वणिज करण), आनन्दादियोग सिद्धि, सूर्य मेष राशीमा, चन्द्रमा मीन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अपूर्ण,अस्थिर र आत्म गलानी हुने काम हुनसक्छ । जवर्जस्ति कहि केहि नगर्नु होला । सहयोगको आशा गरेका ठाँउबाट निराशा भएर फर्किनु पर्नेछ । विना तयारी काममा लाग्दा काम विग्रिने छन् । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । धन दिएर मित्रलाई आफुबाट टाढा नबनाउनु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): लगनशिलता बढाउनु होला । समयमा गरेका कामबाट राम्रै उपलब्धि हात लाग्नेछ । चित्त सानो गरेर काम नगर्नु होला । आज गरेका प्राय काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । पापीहरु आफै टाढा हुनेछन् भने सहयोग मन सहकार्य गर्दै अगाडि बढ्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आत्मबल,आत्म विश्वास घट्ने छैन । कुरा भन्दा काममा जोड दिनुहोला । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ । राजनैतिक भरोसामा मात्रै काम नगर्नु होला । आफन्तबाट होइन टाढाका व्यक्तिबाट सहयोग मिल्नेछ । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारोमा काम नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): हेलचक्र्याई नगरि काम गर्नु होला । लगनशिल भई गरेका धेरै जसो काम सफल हुनेछन् । अरुको भरमा मात्रै काम नगर्नु होला आएको अवसर पनि फुत्किन सक्छ । राजनैति हतियार प्रयोग गरेर काम गर्न सके केहि उपलब्धि हात लाग्नेछ । साँझेदारी काममा हात नहाल्नु होला । पढाई लेखाई प्रगति हुनेछ । यात्राको योग टरेको छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । दैनिक काम काजमा अवरोध आउनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछ । गलत विचार बढ्नेछ । जोखिम मोलेर काम नगर्नु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । इज्जत प्रतिष्ठामा आच आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको सदुपयोग गर्नु होला । काममा ढिला सुस्ति गर्दा अवसर गुम्न सक्छ । तर आज गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । विदेश यात्राको सम्भावना अझै देखिन्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । पुराना समस्या समाधान हुनेछन् । आफ्ना काम सफल गर्न पनि बढि मेहनतको आवस्यकता पर्नेछ । परिश्रमको फल मिठो पाईनेछ । अरुको भर धेरै नपर्नू होला । खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । नोकरीबाट त्यति सन्तुष्टि मिल्ने छैन ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । कर्म प्राप्तिको चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । यान्त्रिक काममा अभिरुची बढ्नेछ । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला विचमा धोका हुनसक्छ । अर्थ अभावको महशुस हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): अर्थ अभावका कारण योजना कार्यन्वयनमा ढिला सुस्ति हुनेछ । संचित धन नोक्सान हुनसक्छ । धन दिएर कसैलाई आफ्नो बनाउन सकिने छैन । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर काम गर्नु होला । आलस्यता नै शत्रु सम्झनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । धन माल हराउन सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): रिस,अहंकार र क्रोधलाई नियन्त्रण गरेर काम गर्नु होला,गरेका कामबाट दाम मात्र होईन प्रशंसा पनि पाईनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्ला । गलत विचार त्यग्नु होला । समयमा काम गर्ने प्रयत्न गर्नु होला,ढिला सुस्ति गर्दा अवसर फुत्किने सम्भावना रहनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय सुधारोन्मुख छ । लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ । अरुको कुरामा धेरै नलाग्नु होला । धन आफन्त मान्छे भए नदिदा राम्रो हुनेछ । हेलचक्र्याई गरेर काम नगर्नु होला वचे खुचेको पनि सकिनेछ । नोकरीबाट सन्तुष्टि मिल्ने छैन । निर्माण व्यवसायबाट भने सामान्य लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समग्रमा दिन अनुकुल जस्तै देखिन्छ । परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सामान्य सुख भेटिने छ । पूर्व तयारीका साथ काममा लाग्नु होला उपलब्धि राम्रै हात लाग्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । घर डेराको समस्या पर्न सक्छ ।

—————————————–

तपाईको प्रतिक्रिया