Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौ –  निर्वाचन आयोगको प्राप्त पछिल्लो नतिजाअनुसार कांग्रेसका दुई र एमाओवादीका एक जना उम्मेदवारले अत्याधिक मत ल्याएर विजयी भएका छन् ।
आयोगले आज जारी गरेको बुलेटिनअनुसार कांग्रेसका शेरबहादुर देउवा र गगनकुमार थापा तथा एमाओवादीका बाबुराम भट्टराईले आ-आफ्ना गृह जिल्लामा अत्याधिक मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस नेता देउवाले डडेलधुरा–१ मा २३ हजार ९ सय २० मत प्राप्त गरेको आयोगको बुलेटिनमा उल्लेख छ । एमाओवादीका भट्टराईले पनि गोरखा–१ मा २२ हजार ८ सय २४ मत ल्याएर विजयी भएका छन् ।
काठमाडौं–४ का कांग्रेसका थापाले पनि अत्याधिक मत ल्याएर विजयी भएको बुलेटिनमा उल्लेख छ । उनले २२ हजार ३ सय ३६ मत प्राप्त गरेको तथ्याङकमा रहेको छ ।
सबैभन्दा बढी मत अन्तरबाट विजयी
यसैबीच, आयोगलाई औपचारिकरुपमा प्राप्त पछिल्लो मत परिणाम अनुसार दुईजना उम्मेदवारले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई अत्याधिक मत अन्तरले पराजित गरेका छन् ।
एमाओवादीका भट्टराईले गोरखा–१ मा कांग्रेसका किरणबाबु श्रेष्ठलाई भारि मतले पराजित गरेका हुन् । भट्टराईले श्रेष्ठलाई १३ हजार ८ सय ५३ मत अन्तरले पराजित गरेका थिए ।
त्यसै गरी काठमाडौं–४ मा विजयी कांग्रेसका उम्मेदवार थापाले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार निर्मल कुईंकेललाई १३ हजार २ सय १ मतको अन्तरले पराजित गरेका छन् । – ***
तपाईको प्रतिक्रिया