Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौ‌ । नेपाल पत्रकार महासंघले स्वास्थ्य मन्त्री राजेन्द्र महतोले पत्रकारलाई पैसा बाडेको घटना अख्तियारको दुरुपयोग र भ्रष्टाचार निवारण ऐन विपरित भएको ठहर गरेको छ । मन्त्री महतोले नेपालको अन्तरिम संविधान र कानुनको उल्लंघन गरेकोले तत्काल कारबाहीका लागि महासंघले अख्तियारको ध्यानकर्षण पनि गराएको छ ।

स्वास्थ्य मन्त्री महतोले शनिबार पुल्चोक स्थित सरकारी निवासमा दशैको शुभकामना कार्डसँग पाँच हजार देखि आठ हजार नगद वितरण गर्नु भएको थियो । पैसा लिने कार्य आचारसंहिता विपरित भएको भन्दै महासंघले आफ्ना सबै सदस्यलाई यस्ता कार्यबाट टाढा रहन विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको छ ।

‘मन्त्रीको कार्यले सत्ता र शक्तिको आडमा सरकारी रकमाको दुरुपयोग गरी पत्रकार र सञ्चार माध्यमलाई भ्रष्ट र आफ्नो प्रशंक बनाउन खोजेको छ’, महासंघका कार्यबाहक महासचिव जगत नेपालद्वारा जारी प्रेस विज्ञप्तीमा लेखिएको छ ।

तपाईको प्रतिक्रिया