Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साढे ४ बजे हुनेछ।

द्विवेदी बुधबार काठमाडौं आइपुगेका थिए। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह र खड्ग प्रदान गरेका थिए। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले उनलाई यो सम्मान दिएका हुन्।

नेपाल र भारतबीचको ऐतिहासिक सैनिक सम्बन्धलाई निरन्तरता दिँदै सन् १९५० देखि दुवै देशले एक अर्काका सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्दै आएका छन्। द्विवेदीको यो सम्मान पनि यसै परम्पराको हिस्सा हो।

 

 

तपाईको प्रतिक्रिया