समाचार सुन्नुहोस :
काठमाडौँ – म्यानमारको मेवाडीबाट उद्धार गरिएका पाँच जना नेपालीलाई स्वदेश फर्काइएको छ। बैंककस्थित नेपाली राजदूतावासका अनुसार चार पुरुष र एक महिलाको उद्धारपछि थाइल्यान्डको टाक इमिग्रेशन कार्यालय हुँदै स्वदेश फर्काइएको हो।
डिसेम्बर १७ मा थाइ सरकारको सहयोग र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) थाइल्यान्ड तथा गैरसरकारी संस्थाको समन्वयमा चारजनालाई नेपाल फर्काइएको थियो। थप एक महिलालाई मंगलबार स्वदेश फर्काइएको राजदूतावासले जानकारी दिएको छ।
दूतावासले नेपाली नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि जाने क्रममा नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न र म्यानमार, कम्बोडिया, लाओस तथा थाइल्यान्डजस्ता देशहरूमा रोजगारीका लागि जाने नाममा कसैको प्रलोभनमा नपर्न अनुरोध गरेको छ।
प्रकाशित मिति: मंगलबार, पौष ०९, २०८१
प्रकाशित समय: १९:४६:४८