समाचार सुन्नुहोस :
काठमाडौँ – बझाङ जिल्लामा दुई दिनभित्र तीनपटक भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार पनि दिउँसो ३ बजे धमेना क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको छ।
मंगलबार साँझ ५:०८ बजे पनि धमेना क्षेत्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएकाे थियो। त्यसैदिन दिउँसो १:०२ बजे रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको अर्को भूकम्प भएको थियो।
नेपाललाई भूकम्पीय जोखिमको उच्च क्षेत्रमा राखिएको छ। विशेषगरी पश्चिम नेपालमा वर्षौंदेखि ऊर्जा सन्चित भएकाले ठूलो भूकम्पको सम्भावना रहेको विज्ञहरूले औंल्याएका छन्। भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने र उद्धारको तयारीमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।
तर, यस्तो सानातिना भूकम्पले भूगर्भमा सन्चित ऊर्जा बाहिरिन मद्दत पुर्याउने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ।