समाचार सुन्नुहोस :
काठमाडौँ – सेयर बजारको परिसूचक नेप्से बुधबार सामान्य रूपमा घटेको छ। नेप्से ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ। यस दिन ८१ लाख ४७ हजार ३२० कित्ता शेयरको कारोबार हुँदा कुल ४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ।
यसअघि मंगलबार नेप्सेले २.९५ अंकको वृद्धि गर्दै २६३३.८७ विन्दुमा बन्द भएको थियो। मंगलबारको कारोबारमा ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड रुपैयाँको आर्थिक चलखेल भएको थियो।
दुई दिनको तुलना गर्दा मंगलबारको तुलनामा बुधबारको कारोबारमा सामान्य गिरावट देखिएको हो।
प्रकाशित मिति: बुधबार, पौष ०३, २०८१
प्रकाशित समय: १९:३१:५६