Deneme Bonusu Veren Siteler
बुधबार, पौष ०३, २०८१
Wednesday, December 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ। मंगलबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएको हो।

नेपालमा पहिलोपटक आयोजना हुने यो महोत्सवले पोखराको साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। बेलुन नेपाल प्रालिका प्रवन्ध निर्देशक सविन महर्जनका अनुसार, कोरोना महामारीपछि पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने उद्देश्यले बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव सञ्चालन गर्न लागिएको हो। महोत्सव ९ दिनसम्म सञ्चालन हुनेछ, जसमा झन्डै २५ वटा बेलुन पोखराको आकाशमा उडाइनेछन्। यी बेलुनहरूले ५ हजार फिट उचाइसम्म उडान भर्नेछन्, जहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरी हिमश्रृङ्खला तथा पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ।

महोत्सवमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड र भियतनामलगायतका विभिन्न देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। कुल बजेट ७ करोड रूपैयाँ अनुमान गरिएको यो महोत्सवले १५ वटा कमर्सियल साइजका बेलुन र अन्य मिनी बेलुनहरू प्रस्तुत गर्नेछ। कार्यक्रममा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्कीलाई ब्रान्ड एम्बेसडर तोकिएको छ। महोत्सवको रूपमा, १९७२ मा अमेरिकामा सुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिभलले प्रेरणा दिएको छ। जुन अहिले विश्वभर आयोजित हुँदै आएको छ।

 

 

तपाईको प्रतिक्रिया