समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले प्रहरीलाई यस्तो अनुमति प्रदान गरेको हो।
लामिछानेलाई कार्तिक २ गते बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो। उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका आरोपमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ।