Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल पत्रकार महासंघले भोलि मंसिर २८ गते शुक्रबार हुने तीन तहको निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भएको जनाएको छ। महासंघका केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा. चिरन्जीवी खनालद्वारा जारी विज्ञप्तिमा, केन्द्रीय समिति, १० प्रदेश समिति, ७७ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखाका लागि नयाँ नेतृत्व चयन गर्न मतदान हुने उल्लेख छ।

निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवार मनोनयन कार्य सकिएको छ। केन्द्रीय निर्वाचन समितिले केन्द्र, प्रदेश र शाखाहरुलाई आवश्यक मतपत्र छापेर पठाइसकेको छ। यस निर्वाचनमा तीन प्रकारका मतपत्र प्रयोग हुनेछन्: केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिका लागि हल्का गुलाबी। प्रदेश र शाखाले आफ्ना मतपत्रका ढाँचा र रङ आफैंले निर्धारण गरेका छन्।

मतदान गोप्य हुनेछ र मतदाताले परिचय खुल्ने वैध कागजात साथमा ल्याउनुपर्नेछ। यसमा महासंघले जारी गरेको परिचयपत्र, सूचना तथा प्रसारण विभागको परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा मान्यता प्राप्त परिचयपत्र समावेश छन्। महासंघले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै मतदाता र सरोकारवालालाई सहयोगका लागि अपिल गरेको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया