Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ। सहकारी ठगी प्रकरणसहित चारवटा अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थपका लागि अदालत पुर्‍याउन लागेको हो।

चार दिनको म्याद आज सकिने भएकाले थप समय हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइँदैछ। लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई पोखरा ल्याएर कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा राखिएको छ। वीरगञ्जको सानोपाइला सहकारीको बयान सकिएसँगै पाँचवटै सहकारीसम्बन्धी बयान पूरा भइसकेको छ। यद्यपि, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता अन्य मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। अनुसन्धानपछि उनीविरुद्ध मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयले प्रक्रिया अघि बढाउनेछ।

पाँच जिल्लामा फरक उजुरीका आधारमा दर्ता गरिएका मुद्दाहरू अब एकसाथ अदालतमा पेश गरिने छन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा ९० दिनसम्म हिरासतमा राख्न पाउने कानूनी व्यवस्था रहेको छ। यही मुद्दामा लामिछानेका सहकर्मी, गोर्खा मिडिया प्रालिका साझेदार पूर्व डीआईजी छविलाल जोशी पनि हिरासतमा छन्। अब १० दिनभित्र प्रहरी र सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्नेछ। पाँचै अदालतबाट धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय अदालतले गर्नेछ।

तपाईको प्रतिक्रिया