Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – जापानी अभिनेत्री तथा गायिका मिहो नाकायामा राजधानी टोकियोस्थित घरमा मृत फेला परेका छन् । सन् १९९५ मा प्रशंसित रोमान्टिक फिल्म ‘लभ लेटर’मा अभिनय गरिसकेकी उनी शुक्रबार टोकियोको आफ्नो घरको बाथटबमा मृत अवस्थामा फेला परेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

५४ वर्षीया एजेन्सीका प्रतिनिधि र एकजना चिनेजानेका व्यक्तिले बिहान ९ बजे शिनागावा स्टेसनमा नभेटेपछि उनको घरमा पुग्दा उनको शव फेला पारेको प्रहरीले जनाएको छ । नाकायामा पानीले भरिएको बाथटबमा बसेकी थिइन्, उनको शरीरको माथिल्लो भाग अगाडि झुकेको थियो ।

उनको घरको मुख्य ढोका लक गरिएको थियो । घटनामा कुनै आपराधिक गतिविधिको आशंका कम देखिएको र उनको मृत्युसँग सम्बन्धित कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । उनी सोही दिन ओसाकामा आयोजना हुने क्रिसमस कन्सर्टमा प्रस्तुति दिने तय भएको थियो, तर उनको आधिकारिक वेबसाइटले ‘स्वास्थ्य समस्या’ भन्दै कन्सर्ट रद्द भएको घोषणा गरेको छ ।

नाकायामाले अन्तिम पटक गत आइतबार टोकियो नजिकै रहेको योकोहामा सहरमा कन्सर्ट गरेकी थिइन्। ‘यो अप्रत्याशित घटनाले हामी सबै स्तब्ध र शोकमग्न छौँ । उनको मृत्युको कारण र अन्य विवरण अहिले अनुसन्धानरत छन्,’ उनको एजेन्सीले जारी गरेको वक्तव्यमा भनिएको छ ।

सन् १९८५ मा अभिनय र संगीत यात्रा
मिहो नाकायामाले सन् १९८५ मा टेलिभिजन ड्रामा ‘माइडो ओसावागासे शिमासु’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । उनी १९८० देखि १९९० को दशकका ‘ट्रेन्डी ड्रामा’ हरूमा मुख्य भूमिकामा देखिन्थिन्, जसले त्यतिबेलाका प्रेमकथा र नयाँ प्रवृत्तिलाई समेट्ने गर्थे ।

उनी ‘मिपोरिन’ उपनामले पनि चिनिन्थिन् । नाकायामाले १९८५ मा ‘सी’ नामक गीतबाट गायन यात्रा सुरु गरेकी थिइन् । १९८६ को उनको हिट गीत ‘वाकु वाकु सासेते’ ले उनलाई एकदमै लोकप्रिय बनायो ।

उनको १९९२ मा रक ब्यान्ड व्यान्ड्स सँग सहकार्यमा बनेको गीत ‘सेकाइजु नो डारे योरी कित्तो’ (संसारका कुनै पनि व्यक्तिभन्दा पक्कै बढी) १८ लाखभन्दा बढी प्रतिहरू बिक्री भयो । १९९४ को ‘तादा नाकिताकु नारु नो’ (मलाई बस रुन मन छ) पनि १० लाखभन्दा बढी बिक्री भएको थियो । उनका पूर्व पति हितोनारी सुजी लेखक र संगीतकार हुन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया