Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ । शनिबार लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित दर्ता गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जितका लागि सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमा समेटियो । लुम्बिनी लायन्सका लागि विवेक यादवबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विवेकले ५४ बलमा ७७ रन बनाए । उनले ७ छक्का र ३ चौका हिर्काए ।

सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले व्यक्तिगत १० रन पनि कटाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न ब्रान्डन मक्मेलन र सेफ जैबले सर्वाधिक ३–३ विकेट लिए । स्कट कुग्गेलिजनले २ विकेट लिए भने अभिनाष बोहराले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ८७ रन बनायो । सुदूरपश्चिमका लागि सैब जायबले अर्धशतीय पारी खेले । उनले ६१ बलमा ५ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक ९० रन बनाएका हुन् ।

दीपेन्द्र सिंह ऐरीले ३९, ब्राण्डोन म्याक मुलेनले २३, बिनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले ११ रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त ७ रन पायो । लुम्बिनीका लागि रामोन सिमन्ड्सले सर्वाधिक २ विकेट लिए । यस्तै, कप्तान रोहित पौडेल र विवेक यादवले समान १/१ विकेट हात पारे ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया