काठमाडौँ – भुटानका राजा जिग्मे वाङचुक आज नेपाल भ्रमणमा आउने भएका छन्। हाल भारत भ्रमणमा रहेका राजा वाङचुक ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट शुक्रबार बिहान काठमाडौं अवतरण गर्ने छन्।
राजाले १९ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमण गर्न लागेका हुन्। उक्त टोलीमा भुटानी ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत तथा सुरक्षा अधिकारीहरू सम्मिलित छन्। काठमाडौं आएपछि भुटानी राजा बौद्धनाथ र स्वयम्भूनाथका धार्मिक स्थलहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ।
भुटानका राजाको आगमनसँगै गृह मन्त्रालयले उच्च सुरक्षा सतर्कता अपनाएको छ। राजाको भ्रमण हुने बौद्धनाथ, स्वयम्भूनाथ र आसपासका क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ। यो भ्रमण भुटान–नेपालबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।