Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिका निवासी नरेश भट्टमाथि अन्ततः पत्नीको हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ। नरेशले पत्नीको हत्या गरेर शव लुकाएको आरोप लाग्दै आए पनि प्रहरीले ठोस प्रमाणको अभावमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा हाल्न सकेको थिएन। तर, घरभित्र भेटिएको रगतको टाटोको डीएनए परीक्षण गर्दा ममतासँग मेल खाएपछि प्रहरीले मुद्दा हाल्ने आधार बनेको हो।

भर्जिनियास्थित प्रिन्स विलियम्स काउन्टी अदालतले ममताको रगतको डीएनए प्रमाणका आधारमा नरेशमाथि हत्या र शव लुकाएको अभियोग लगाएको हो। ममता गत जुलाईमा हराएकी थिइन्। अनुसन्धानपछि प्रहरीले नरेशलाई २२ अगस्टमा पक्राउ गरेको थियो। डीएनए रिपोर्ट ढिलो आएको कारण हत्या मुद्दा दर्ता गर्न समय लागेको प्रहरी प्रमुख मारियो लुगोले बताएका छन्। अदालतले नरेशमाथि हत्या, शव टुक्रा पार्ने र शव बेपत्ता बनाएको अभियोगमा सुनुवाइ प्रक्रिया अघि बढाएको छ।

प्रमाण पुष्टि भएमा उनलाई आजीवन कारावासको सजाय हुनसक्नेछ। ममताको शव अझै फेला नपरेको र खोजी जारी रहेको प्रहरीको भनाइ छ। ममताकी आमा र भाइले उनीहरुको डेढ वर्षकी छोरीको हेरचाह गरिरहेका छन्। २०२५ को सेप्टेम्बरदेखि अक्टोबरसम्म मुद्दाको अन्तिम सुनुवाइ हुनेछ। नरेशको गिरफ्तारी र मुद्दा दायरसँगै नेपाली समुदायले न्याय सुनिश्चित हुने विश्वास गरेका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया