समाचार सुन्नुहोस :
काठमाडौँ – आज बुधबार सुनको मूल्यमा वृद्धि भएको छ। लगातार ओरालो लाग्दै आएको मूल्यमा आज सुधार देखिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन प्रतितोला ९ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रूपैयाँमा पुगेको छ। यसअघि, मंगलबार सुन प्रतितोला २ हजार ६ सय रूपैयाँले घटेको थियो भने सोमबार टोलमा एकैचोटी १५ हजार ९ सय रूपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। महासंघले दिएको जानकारीअनुसार, चाँदी प्रतितोला १० रूपैयाँले बढेर १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।