Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको आज त्रैमासिक समीक्षा हुने भएको छ। त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन्।

समीक्षाको क्रममा मन्त्रालयहरूले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता, प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका प्रतिबद्धता र हालसम्म भएका कार्यहरूका उपलब्धि तथा प्रगतिको मूल्याङ्कन गरिनेछ।

प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। यस समीक्षाले सरकारका काम कारबाहीको स्पष्ट तस्वीर प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया