समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज (बुधबार) बिहान ५:४५ मा मापन गरिएको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ। यसअघि मंगलबार तापक्रम ८.८ डिग्री सेल्सियस थियो, भने सोमबार पनि न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमै झरेको थियो।
मौसम महाशाखाले आज बिहान ८:४५ बजे औपचारिक रूपमा न्यूनतम तापक्रमको विवरण सार्वजनिक गर्नेछ। त्यसबेलासम्म तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको अधिकारीले बताएका छन्। हाल उपत्यकामा हुस्सु लागेको अवस्था छ। जसले चिसो मौसमको अनुभवलाई थप बढाएको छ।