Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बिदाइ गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतको उपस्थितिमा एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो। नेपाली टोली भोलि युएई प्रस्थान गर्नेछ।

मङ्सिर १४ देखि २३ सम्म युएईमा हुने यस प्रतियोगितामा हेमन्त धामीको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली सहभागी हुनेछ। नेपालले आफ्नो पहिलो खेल मङ्सिर १४ गते श्रीलङ्कासँग, दोस्रो खेल १६ गते बङ्गलादेशसँग र अन्तिम खेल १८ गते अफगानिस्तानसँग खेल्ने तालिका छ। यू-१९ एशिया कपमा कुल आठ राष्ट्रको सहभागिता रहनेछ।

तपाईको प्रतिक्रिया