Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर ०७, २०८१
Friday, November 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं उपत्यकाका सडक र खोला किनारमा बसोबास गर्ने नागरिकहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्। सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरूले विरोध जनाएका हुन्।

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको संयुक्त आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर सरकारको नीति र कार्यप्रति असन्तुष्टि जनाएका थिए।

प्रदर्शनमा सहभागीहरूले “जनताको पीडामा चासो नराख्ने सरकार चाहिँदैन,” “मापदण्डको नाममा जनता उठिवास गर्न पाइँदैन,” “खोला मिच्न पाइँदैन,” “निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर ” र “मापदण्ड खारेज गर” जस्ता नारा लगाउँदै सरकारको नीति तत्काल फिर्ता लिन माग गरेका छन्।

आन्दोलनकारीहरूले मापदण्डका नाममा गरिने जबर्जस्ती जनताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै यसको तत्काल समाधान खोज्न सरकारलाई चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया