Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न सम्बद्ध निकायलाई कडा निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगतिसम्बन्धी समीक्षा बैठकमा सम्बोधन गर्दै उनले बैठक, छलफल र प्रशासनिक प्रक्रियामा मात्रै समय खेर फाल्न नहुने बताएका हुन्।

प्रधानमन्त्री ओलीले प्रगति विवरण सुनेपछि काम गर्ने शैली र सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। उनले देशको विकासका लागि पारदर्शिता, सुशासन र जनउत्तरदायी व्यवहारलाई प्राथमिकतामा राख्न आग्रह गरे। उनले राजस्व चुहावट रोक्न, गरिबी निवारणमा सक्रियता देखाउन, मुलुकको छवि अन्तर्राष्ट्रिय स्तरमा उचाल्न र उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्न सम्पूर्ण निकायलाई स्पष्ट निर्देशन दिए। साथै, देश विकासप्रति जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने प्रतिबद्धता जनाउन पनि आग्रह गरे।

“भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरुको औचित्य सिद्ध गर्नुस् । अर्को बैठकमा आउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस् । सुशासन र विकासमा कुनै कानुनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानुनको संशोधन गर्न पनि तयार छ ”, उनले भने, “हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्छ । हाम्रो स्रोत साधन जति छन्, तिनीहरूको वैज्ञानिक ढङ्गले उपयोग गर्नुपर्छ । सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ ।”

प्रधानमन्त्रीको निर्देशनसहितको बैठकमा मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू र विभिन्न मातहतका कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया