Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय सुरक्षा परिषद्ले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालनका लागि आवश्यक विधि अपनाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको परिषद्को ३६औँ बैठकले रक्षा मन्त्रालयमार्फत यो सिफारिस पठाएको हो। संविधानको धारा २६६ को उपधारा १ अनुसार, राष्ट्रिय सुरक्षा परिषद्ले सेनाको परिचालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्नुपर्छ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षा सचिव सहभागी थिए।

 

 

तपाईको प्रतिक्रिया