Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा शोकस्वरूप सार्वजनिक बिदा दिने निर्णय ढिलोगरी गरेपछि आलोचना बढेको छ। सेवाग्राही र कर्मचारीहरूले सामाजिक सञ्जालमा सरकारले समयमा निर्णय नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सरकारले बिहान ९ बजेर ४० मिनेटमा बल्ल सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यतिबेलासम्म धेरै कर्मचारी र सेवाग्राही कार्यालय पुगिसकेका थिए। कतिपय विद्यालयहरू बिहानैदेखि सञ्चालनमा थिए भने कतिपय सेवाग्राही सरकारी कार्यालयमा सेवा लिन लाइनमा बसिसकेका थिए। कार्यालय पुगेका कर्मचारीहरूले हाजिरी लगाइसकेपछि मात्र बिदाको जानकारी पाउँदा अन्योलमा परेका थिए।

सरकारले आज दिनभर स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने र पशुपति आर्यघाटमा ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरणमा उनको पार्थिव शरीर राखिएको छ।

यस ढिलासुस्तीले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै समयमै निर्णय गर्नुपर्ने माग गरिएको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया