Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा गहिरो दुःख व्यक्त गर्दै मंसिर ३ र ४ गते दुई दिन पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। सोमबार बसेको आकस्मिक बैठकमा उक्त निर्णय गर्दै, मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने र १३ औँ दिनमा शोक सभा आयोजना गर्ने निर्णय भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

कांग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा मंसिर २ गते भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको उल्लेख गरेको छ। ढुंगानाले नेपालको लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं २ बाट विजयी भई २०४८-२०५१ सम्म प्रतिनिधि सभाको सभामुख रहेका थिए। उनी २०५१ र २०७४ का निर्वाचनमा पनि कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए। उनको योगदान माओवादी द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा पनि उल्लेखनीय रहेको छ। सानो गौचरणमा भएको अन्तिम श्रद्धाञ्जलीमा कांग्रेसका काठमाडौँमा भएका सबै नेताहरु पुगेका छन्।

 

तपाईको प्रतिक्रिया