Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

काठमाडौं – मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि ४१० जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि आइतबार मनोनयन दर्ता गरिएको हो ।

निर्वाचन आयोगका अनुसार रिक्त ८ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ‘उनीहरूमध्ये ३५ महिला, ४८ पुरुष र १ अन्य छन्,’ आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले भनिन्, ‘रिक्त ३४ वडाध्यक्ष पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३ सय २३ जनाको मनोनयन दर्ता भएको छ ।’

आयोगका अनुसार सबैभन्दा बढी उम्मेदवार धनुषाधाम नगरपालिका–१ को अध्यक्ष पदमा २१ जना छन् । सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को अध्यक्ष र बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षमा ३/३ जना उम्मेदवार छन् ।

उपनिर्वाचन हुने दुई जिल्ला समन्वय समितिमध्ये ओखलढुंगा जिससको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । यहाँ उनको मात्र उम्मेदवारी परेको हो । जिसस कैलालीको प्रमुखमा भने दुई जनाले उम्मेदवारी दिएका छन । यहाँ एमाले र कांग्रेसबीच गठबन्धन भएको छ । सत्ता गठबन्धनबाट कांग्रेसकी टीका चौधरी उम्मेदवार बनेकी छन् । टीका कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्य निर्वाचित भएकी थिइन् । जिसस प्रमुखमा नागरिक उन्मुक्ति पार्टीकी रुक्मती डगौरा थारूले मनोनयन दर्ता गराएकी छन् । डगौरा टीकापुर नगरपालिकाकी कार्यपालिकासदस्य हुन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया