काठमाडौं – कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले मनोनयन दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा माओवादीको तर्फबाट महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।
माओवादीकै नारायण विष्टलेले वडा नम्बर ४ मा उम्मेदवारी दिएका छन् । माओवादीले वडा नम्बर १ मा अष्टमान महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर जनता समाजवादी पार्टीका सरल गोपाल महर्जनलाई वडा नम्बर १मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।