समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनमा राजनीति गर्ने समय समाप्त भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै अदालतको आदेशपछि फोहोर व्यवस्थापनमा भइरहेको अवरोध हटेको जानकारी दिएका हुन्।
बालेनका अनुसार काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि लगातार प्रयास गरिरहे पनि विभिन्न अवरोधहरू आइरहेका थिए। उनले भारतको इन्दोरमा प्रयोग गरिएको फोहोर व्यवस्थापनको मोडललाई काठमाडौँमा लागू गर्ने योजना रहेको स्पष्ट पारेका छन्।
साथै, बालेनले काठमाडौँको फोहोरको दीर्घकालीन समाधान सम्भव भएको उल्लेख गर्दै, राजनीतिक खेल छोडेर महानगरलाई सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।