Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – चर्चित साँगीतिक ब्यान्ड ‘कन्दरा’ शनिबार राति ठमेलको एलओडी क्लबमा गुञ्जिएको छ । स्थापनाको ३२ वर्ष पुगेको अवसरमा कन्दराले पहिलोपटक काठमाडौंमा दिएको प्रस्तुति निकै सानदार र भव्य थियो ।

कन्सर्टको सुरुवातीमा गायक देबेन्द्र बब्लुले आफ्नो ब्यान्ड ‘दी फिरन्ते’ मार्फत थुप्रै गीतहरु प्रस्तुत ग रे। देबेन्द्रको प्रस्तुतिपछि राति १० बजेपछि कन्दरका गायक विवेक श्रेष्ठ हेलो काठमाडौं भन्दै देखिए । उनलाई देख्दा दर्शकहरुले व्यापक हुटिङ बजाएका थिए । त्यसपछि सुरुवातमा विवेकले हिट गीत ‘तगारोमा रुमाल राखी’ गाउँदै कन्सर्ट सुरु गरे । त्यसपछि उनले भेडी गोठैमा, लेककी हे माया, विदेशिएर गइन् उनी, चञ्चले कान्छीको, हङकङ पोखरा, बिचरा म लगायतका गीत गाए । दर्शकहरुबाट वान्समोर आउँदा कुनै कुनै गीत त दोहोर्याए पनि ।

कन्दराले पुराना संगीतकर्मी रञ्जित गजमेर, लोकगायिका बीमाकुमारी दुरा लगायतका साँगीतिक व्यक्तित्वलाई समर्पित गर्दै राष्ट्रिय भावनाले ओतप्रोत गीत पनि सुनाएको थियो । आफू पनि मानसिक समस्या भोगेको बताउँदै यो कन्सर्ट मानसिक समस्याबाट गुज्रिरहेका सम्पुर्णलाई समर्पित भएको सुनाए । ९० को दशकको सुरुदेखि नै नेपाली सङ्गीत प्रेमीहरूमाझ लोकप्रिय बनेको कन्दरका लोक-रक गीत चर्चित छन् ।

जसमा तिमी परी, हङकङ पोखरा, लेककी हे मायाजस्ता गीत हिट छन् । ‘पहिले घरदेश अनि परदेश’ सुरु भएको यो अभियान विश्वव्यापी रुपमा गुञ्जिनेछ । सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोप टुर गर्नेछ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया