Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने उद्घोष गरेका छन् ।

थाहा नगरपालिकामा आज आयोजित योङ कम्युनिष्ट लिग (वाइसीएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली आवश्यक रहेको बताए। उनले यस्तो प्रणालीले पाँच वर्षसम्मको स्थिर सरकार सुनिश्चित गर्ने दाबी गर्दै, अस्थिरताको समस्या नै नआउने बताए।

दाहालले मकवानपुर र थाहा नगरका विभिन्न विकास योजनाहरूलाई थप प्रभावकारी बनाइने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। एक कार्यक्रममा बोल्दै उनले माओवादीको पहलमा धेरै योजनाहरू अघि बढिरहेको उल्लेख गर्दै थानकोन–चित्लाङ–चन्द्रागिरी सडकको स्तरोन्नति र कालोपत्रे गरिने बताए। साथै, फोदगाउँ वस्ती बचाउने अभियानमा समेत सहयोग पुर्‍याउन आफूले पहल गर्ने वचन दिए।

 

 

तपाईको प्रतिक्रिया