Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

टोकियो – जापानलाई कर्मथलो बनाएका सर्जक तथा गायक रुपेश गुरुङको नयाँ लोकगीत ‘मेरो माया…’ सार्वजनिक भएको छ । रुपेशसहित ६ जना गायक-गायिकाको स्वर रहेको गीत ‘शर्मिला गुरुङ’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

शर्मिला गुरुङको शब्द, लय/संगीतमा तयार भएको गीतमा रुपेश र शर्मिलासँगै सागर गुरुङ, सागर बाजुराली, टीका गुरुङ र भीमकला गुरुङको स्वर गरेको छ । पछिल्लो गीत/संगीतमा मौलिकता हराइरहेको बेला रुपेशले गाउँकै झल्को दिनेगरी गीत तयार पारेका छन् । गीतमा माया-प्रेमसँगै गाउँघरको बसाइ र परिवेशलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ ।

मन छुने शब्द रहेको गीत धेरै दर्शक-श्रोताले मन पराउने अपेक्षा गरिएको छ । गाउँघरमै छायांकन गरिएको गीतमा आफ्नै शैलीमा गाउँघरमा नाचगान गरिएको अर्ग्यानिक भिडिओ देख्न सकिन्छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको गीतको भिडिओमा रुपेश, शर्मिला, सागर, टीका, भीमकला र साथीहरूको अभिनय देख्न सकिन्छ ।***

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया