समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
यता, चाँदीको मूल्यमा भने कमी आएको छ। चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर २ हजार १५ रुपैयाँमा सीमित भएको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको थियो।