Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा आन्दोलन गरेको छ । कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गरेको हो ।

लामिछानेको पक्षमा विरोधमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । मङ्गलवार मध्याह्न पोखराको रत्न चोकमा प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

निषेधित क्षेत्र तोड्न खोजेपछि केही बेर प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सीसमेत भएको थियो ।

साथै प्रहरीले रास्वपाको आन्दोलनमा प्रयोग भएको गाडीको चाबी खोसेको छ । प्रहरीले चाबी खोसेपछि रास्वपा सांसद शोविता गौतमले प्रहरीसँग चाबी मागिरहेकी छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया