समाचार सुन्नुहोस :
काठमाडौँ – तिहार बिदा सकिएर कारोबार भएको पहिलो दिन आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रति तोला २,८०० रुपैयाँले घटेर १,६८,२०० रुपैयाँमा कारोबार भइरहेको छ। तिहारअघि कात्तिक १५ गते सुनको मूल्य इतिहासमै उच्च रेकर्ड राख्दै १,७१,००० रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रति तोला ६० रुपैयाँले घटेर २,०३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।