Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024
  • अमेरिकामा आज ४७औं राष्ट्रपति चयनका लागि मतदान

काठमाडौं – अमेरिकामा आज ४७औं राष्ट्रपतिका लागि मतदान हुँदैछ, जहाँ उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ  । ह्यारिस डेमोक्रेटिक उम्मेदवारको रूपमा र ट्रम्प रिपब्लिकन उम्मेदवारको रूपमा मैदानमा छन्, र यो चुनावलाई ‘इतिहासकै रोमाञ्चक’ मानिएको छ ।

एनबीसी न्युजको एक सर्वेक्षणमा दुवै उम्मेदवारको समर्थन समान ४९ प्रतिशत देखिएको छ भने २ प्रतिशत मतदाताले अझै निर्णय गरेका छैनन् । अन्य सर्वेक्षणहरूमा भने ह्यारिस थोरै अग्रता देखाउँदै छिन्। एबीसी न्युजको सर्वेक्षणले ट्रम्पलाई ४७ प्रतिशत र ह्यारिसलाई ४८ प्रतिशत समर्थन देखाएको छ । तर, चुनावी नतिजामा सर्वेक्षणको यो आँकडाले यकिन गर्दैन, किनकि करिब ५ प्रतिशत मतदाताले अझै आफ्नो निर्णय लिन बाँकी रहेको बताइएको छ । यसले अन्तिम समयमा जुनसुकै उम्मेदवारले विजय हासिल गर्नसक्ने सम्भावना जीवित राखेको छ ।

अमेरिकामा राष्ट्रपति चयन गर्दा जनमत मात्रै पर्याप्त हुँदैन, किनकि यहाँको चुनावी प्रणाली ‘इलेक्टोरल कलेज’ मा आधारित छ । यस प्रणालीमा हरेक राज्यबाट आएका इलेक्टोरल मतको भूमिका मुख्य हुन्छ, जसले गर्दा धेरै मत पाउने उम्मेदवार नै विजयी हुने ग्यारेन्टी हुँदैन । सन् २०१६ मा हिलारी क्लिन्टनले अधिक जनमत पाए तापनि ट्रम्प इलेक्टोरल मतका कारण विजयी भएका थिए, र सन् २००० मा जर्ज डब्ल्यु बुसले पनि अल गोरको भन्दा कम जनमत पाउँदा समेत राष्ट्रपति बनेका थिए ।

राष्ट्रपति बन्नका लागि उम्मेदवारले ५३८ इलेक्टोरल मतमध्ये २७० मत जित्नुपर्ने हुन्छ । अमेरिकाका ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी कुल ५३८ इलेक्टोरल मत निर्धारण गरिएका छन् । उम्मेदवारहरूले इलेक्टोरल मत पाउन आफ्नो राज्यको जनमत जित्नुपर्नेछ, तर कुनै बेला इलेक्टोरल मत बराबरी भएमा भने निर्णय अमेरिकी संसद्को तल्लो सदनले गर्नेछ ।

यो प्रक्रिया सन् १८२४ मा मात्र प्रयोग भएको छ, जसमा संसद्ले मतदान गरेर राष्ट्रपति चयन गरेको थियो । जसले राष्ट्रपति पदमा विजय प्राप्त गर्छ, त्यसका उपराष्ट्रपति उम्मेदवार पनि स्वतः निर्वाचित ठहरिन्छन् ।

नतिजा कहिले ?
सात ‘स्विङ स्टेट’ सहित विभिन्न राज्यले सन् २०२० को निर्वाचनपछि भिन्नाभिन्नै गरेका परिवर्तनका कारण यो वर्ष मतगणनाको परिणाम ढिलो आउन पनि सक्छ ।

यद्यपि मिशिगनजस्ता राज्यमा गणनाको गतिलाई बढाइएको छ । अनि कोभिड महामारीका बेला भएको गत निर्वाचनसँग तुलना गर्दा यसपालि हुलाकमार्फत् गरिने मतदानको सङ्ख्या निकै घटेको छ । यी सबै कुराहरूले के सङ्केत गर्छन् भने विजेताको नाम घोषणा हुन निर्वाचन सकिएकै राति, भोलिपल्ट बिहान वा कैयौँ दिन वा केही साता पनि लाग्न सक्छ ।

 

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया