Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको उत्तरप्रदेशस्थित आग्रामा भारतीय वायुसेनाको एक मिग-२९ लडाकु विमान दुर्घटनामा परेको छ। प्राविधिक समस्या देखिएपछि पाइलटले सुझबुझपूर्वक जहाजलाई आगराको कागारौल गाउँ नजिकको खाली खेतमा फोर्स ल्यान्डिङ गराएका थिए।

यदि बस्तीमा यो जहाज खसेको भए ठूलो जनधनको क्षति हुन सक्थ्यो । यो दुर्घटनापछि पाइलट र को-पाइलट दुई किलोमिटर वरपर जीवितै भेटिएका छन् । उनीहरुले प्यारासुट प्रयोग गरेर सुरक्षित रूपमा अवतरण गरेका थिए।

विमान पञ्जाबको आदमपुरबाट उडेको थियो र दुर्घटना भएपछि घटनास्थलमा स्थानीयहरूको ठूलो भिड लागेको थियो। भारतीय वायुसेनाले यो घटनाबारे औपचारिक जानकारी भने हालसम्म दिएको छैन। प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक जाँच मुचुल्का तयार गरिसकेको छ।

 

तपाईको प्रतिक्रिया