Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको आरोपमा अनुसन्धानका लागि प्रहरीले बुटवल लग्ने तयारी गरेको छ । कास्की हिरासतमा समय बिताइरहेका उनलाई बुटवल लग्ने तयारी गरिएको हो ।

कास्कीमा म्याद थप नभएमा, लामिछानेलाई मंगलबार बुटवल पठाइने तयारी भइरहेको छ भने म्याद थप भएमा छठ पर्वपछि मात्र रूपन्देही लगिनेछ । रुपन्देही जिल्ला अदालतले सुप्रिम ऋण तथा बचत सहकारी संस्थाका १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा खर्च गरिएको आरोपमा लामिछानेसहित १२ जनालाई पक्राउ अनुमति दिएको थियो ।

प्रहरी प्रतिवेदनअनुसार, लामिछानेले १ करोड ९६ लाख रुपैयाँ आफ्नो नाममा र अन्य रकम गोर्खा मिडिया नेटवर्कमार्फत लिएका थिए । अनुसन्धान प्रतिवेदनका अनुसार, लामिछाने र गोरखा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेले सहकारीबाट ठूलो रकम ऋण लिएको देखिएको छ ।

यस विषयमा अदालतबाट अनुमति लिएर उनीहरूको बयान समेत लिइसकिएको छ । लामिछानेले सुप्रिम सहकारीबाट २ करोड ऋण लिएको खुल्न आएको छ, जसमा सेवा शुल्क कटौती गरी १ करोड ९६ लाख प्राप्त भएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया