Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौँ – बझाङ जिल्लामा अरिँगालको टोकाइबाट एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ। थलारा गाउँपालिका-२ डोरगाउँकी डम्मरा खातीका ३ वर्षीय छोरा सुरवीर र ५ वर्षीया छोरी सियाको शनिबार मृत्यु भएको हो।

शनिबार दिउँसो घर नजिकै बारीमा घाँस काट्न गएका बेला बिच्किएको अरिँगालको टोकाइबाट दुई बालबालिकाको तत्कालै मृत्यु भएको खबर आएको बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीले जानकारी दिए ।

यस घटनामा बालबालिकाकी आमा डम्मरा, उनकी सासू र ७ वर्षीया छोरी सुमी पनि अरिँगालको टोकाइबाट घाइते भएका छन्। उनीहरूको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया