Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल भेनेजुएला प्रस्थान गरेका छन्। उनी भेनेजुएलामा आयोजना हुने पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा भेनेजुएला गएका हुन्।

फोरमको कात्तिक १९ र २० गते हुने सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीका सचिव सोमप्रसाद पाण्डेयका अनुसार नेपाल नेतृत्वको टोलीले फोरममा भाग लिनेछ।

अध्यक्ष नेपाललाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू र कार्यकर्ताहरू पुगेका थिए। अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।

 

 

तपाईको प्रतिक्रिया