Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – न्युजिल्यान्डले पहिलो पटक टी-२० महिला विश्वकपको उपाधि उचालेको छ । आइतबार राति यूएईमा भएको फाइनल भिडन्तमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै गर्दै न्युजिल्यान्डले ऐतिहासिक उपाधि हात पारेको हो ।

यूएईमा भएको फाइनल प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले टस जितेर सुरुमा न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा दिएको १५८ रन बनाएको थियो । १५९ रनको लक्ष्य भेट्न नसक्दा दक्षिण अफ्रिका उपविजेतामा सीमित बनेको हो ।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १२६ रनमा समेटियो । न्युजिल्यान्ड सेमिफाइनलमा वेस्ट इन्डिजलाई पराजित गर्दै फाइनल प्रवेश थियो भने दक्षिण अफ्रिका अस्ट्रेलियालाई हराउँदै फाइनल पुगेको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया