Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले कतारलाई उपहारस्वरूप चितवन राष्ट्रिय निकुञ्जका दुई हात्ती प्रदान गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जमा रहेका एक जोडी हात्ती कतारलाई दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार यो निर्णय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गरिएको हो। जसअनुसार नेपालले कतारलाई उपहारको रूपमा एक जोडी हात्ती उपलब्ध गराउनेछ।

त्यस्तै, सरकारले संक्रमणकालीन न्याय सम्बन्धी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको नयाँ सिफारिस समिति पुनर्गठन गर्ने निर्णय पनि गरेको छ। सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सर्च कमिटी बनाउने अघिल्लो निर्णयलाई निरन्तरता दिँदै समितिमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, डा. अर्जुनकुमार कार्की, र स्टेला तामाङलाई सदस्यको रूपमा नियुक्त गरिएको छ।

तपाईको प्रतिक्रिया